सुनिल गिरीको ‘मुग्लान’ ट्रेडिङ्गमा प्रवेश संगै चौतर्फी चर्चा

[sharethis-inline-buttons]

शिव खनाल कपिलवस्तु, भदौ १५

युवा पुस्ताका लोक प्रिय लोकपप तथा आधुनिका गायक सुनिल गिरि थोरै गीत गाउछ्न तर ती गीतहरु दर्शक स्रोताले खुब मन पराउछ्न । उनको स्वरमा रहेकोे मुग्लान बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ ।

मुग्लानमा महिला स्वर नवप्रतिभा मेलिना मैनालीले रहेको छ नेपाली समाजमा रहेको रोजगारी लागी मुग्लान छिर्ने पुरानो चलनलाई यस गीतले मार्मिक रूपमा प्रस्तुत गरेको छ । पछिल्लो समय निर्देशनमा समेत होमिएका गिरिले यसमा गीतको पनि निर्देशन आफैले गरेका छ्न ।

प्राय सबै गीतमा जस्तै शब्द सङ्गीत समेत उनैको रहेकोे छ । केही दिन पहिलो उनले आफ्नु होम स्टुडियो संचालन भएको उपलक्ष्यमा एउटा गीतको अडियो भिडियोमा नयाँ गायक गायिकासँग सहकार्य गर्ने बाचा गरेका थिए । त्यही बाचा अनुरुप उनले मेलिना मैनालीसँग सहकार्य गरेका हुन ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस :


प्रकाशित : २०७७ भाद्र १५, सोमबार ०२:१८