रुपन्देहीमा आज एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, बुटवल ।

रुपन्देहीमा कोराना संक्रिमतको संख्या थपिदै जाँदा आज एकै दिन बिभिन्न जिल्लाका गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नंं ६ सब्जीमण्डीका कोरोना संक्रमित ५७ बर्षीय पुरुषको मृत्यु भएको छ ।
मृतक पुरुष मुटुको रोगी भएको अस्पतालकी मेडिकल सुपरिटण्डेन्ट डा.सकुन्तला गुप्ताले जानकारी दिइन् ।

उनको दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यहि १५ गते भैरहवाको भीम अस्पताल पुर्याइएको थियो ।भीम अस्पपतालमा आज बिहान पनि नवलपरासी पश्चिम रामग्राम ५ की एक ६५ वर्षीय महिलाको मृत्यु भएको थियो ।

त्यसैगरी आज नै कपिलवस्तुको कृष्णनगरकी ६० वर्षीया अर्की महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको छ । रुपन्देहीमा कोरोना संक्रमित संख्या बृद्धिसँगै मृत्युदर पनि बृद्धि भएको छ ।


प्रकाशित : २०७७ भाद्र १७, बुधबार १४:१७