लुदअ रुपन्देही, १८ भदौ
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा गरिरहेका रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासमा गम्भिर समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा उक्त महिलाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालमा रहेको फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार गराईरहेको महिलाको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसियू बेड खाली नभएकाले विरामीलाई फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार गरिएको डा. गौतमले बताए ।