रुपन्देहीमा कोरोना सङ्क्रमणबाट २ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

लुदअ भदौ २०, रुपन्देही
रुपन्देहीका थप दुईजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे ज्यान गएको बताए । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए ।

ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि दुवै जनाको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको थियो ।


प्रकाशित : २०७७ भाद्र २०, शनिबार ०३:५१