पहिरोले गोठ पुर्दा रोल्पामा २ बालकको मृत्यु, आमा र हजुरआमा घाइते

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ भदौ २७, अर्घाखाँची
रोल्पामा गोठमाथिबाट आएको पहिरोले गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुईजना घाइते भएका छन्। जिल्लाको लुंग्री गाउँपालिका(१ आपे निवासी ८ वर्षीय अमर घर्ती र ११ वर्षीय युवराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

शुक्रबार राति साढे १२ बजे गोठमाथिको पर्खाल भत्किएर गोठ च्पापिँदा दुई बालकको मृत्यु हुनुका साथै सँगै रहेका ३० वर्षीया आमा ननकली घर्तीमगर र ५० वर्षीया हजुर आमा च्यापिएर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए। घाइतेहरूलाई अहिले जिल्ला अस्पताल ल्याउँदै गरिएको प्रहरीले जनाएको छ।


प्रकाशित : २०७७ भाद्र २७, शनिबार ०९:११