समुदायस्तरमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ भदौ २७, पाल्पा
समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि बगनासकाली गाउँपालिका कार्यालय र मातहतका सबै कार्यालयबाट प्रदान हुने सेवा बन्द भएको छ। वडा नम्बर ६ को दर्पुक र राम्दी बजारमा स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरू बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार शुक्रबार बेलुकी ६ बजेदेखि आगामी असोज ५ गते बेलुकासम्म यहाँका सबै कार्यालय बन्द रहने छन्।

यो अवधिमा राम्दी बजार र दर्पुक गाउँ पूर्णरूपमा बन्द हुने छन्। दर्पुकस्थित सामुदायिक स्वास्थ्य इकाईसमेत बन्द हुने छ। गाउँपालिकाभित्रका सबै बजार पसल, होटल तथा रेष्टुरेण्ट बन्द हुने छन्। सिद्धार्थ राजमार्गबाहेक गाउँपालिकाभित्र सवारी साधन आवागमनमा समेत रोक लगाइएको उनले बताए। तर, अत्यावश्यक सवारी साधन भने चल्न पाउने छन्।

भेला, बैठक र जमघट गर्न नपाइने श्रेष्ठले बताए। समुदायमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई करिब १० दिन बन्द गर्नु परेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद वश्यालले बताए। कोरोना संक्रमण पुष्टि भएका समुदायमा आवश्यकता अनुसार कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने उनले बताए।


प्रकाशित : २०७७ भाद्र २७, शनिबार ०९:१३