दुर्घटनामा कपिलबस्तुका प्रहरी जवान श्रेष्ठको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

सागर पौडेल, कपिलवस्तु

रुपन्देहीको देवदहमा टिप्परले स्कुटीलाई ठक्कर दिदाँ कपिलबस्तुका प्रहरी जवान अमित कुमार श्रेष्ठको मृत्यु भएको छ ।

पुर्व -पश्चिम राजमार्ग अन्र्तगत देवदह वडा न।१० चरङ्केमा शनिबार दिउँसो दुर्घटना भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोविन्द रेग्मीले बताए ।

अर्का एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
बुटवलबाट पुर्व तर्फ गइरहेको लु २ ख ८९९ नम्बरको टिप्परले विपरित दिशाबाट आइरहेको ध १ प ९७९५ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालक कपिलबस्तु वडा न४ बस्ने अन्दाजी ३३ वर्षिय अमित कुमार श्रेष्ठ र सैनामैना वडा ९ बस्ने अन्दाजी २३ वर्षिय सन्तोष थारु गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइए पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भैरहवा मेडिकल कलेज रिफर गरेको थियो सो उपाचारको क्रममा प्रहरी जवान अमित कुमार श्रेष्ठको मृत्यु भएको अस्पतालले जनाएको छ

। ठक्कर दिने टिप्परको चालक भने फरार रहेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ भाद्र २७, शनिबार १८:११