सिन्धुपाल्चोक पहिरो अपडेट : पुरिएका ६ जनाको शव फेला, २ जनाको परिचय खुल्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ भदौ २८, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा खसेको पहिरोमा परेका ६ जनाको शव फेला परेको छ ।

दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये २ जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

अझै २० जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ ।


प्रकाशित : २०७७ भाद्र २८, आईतवार ०४:१५