दुर्लभ रेडपाण्डाको छालासहित बाँकेमा ५ जना पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बाँके भदौ २८ ।

बाँकेमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का वर्ष ३२ का कष्ण वली, सोही पालिका वडा नम्बर ९ का वर्ष २८ का इन्द्रबहाुदर नेपाली रहेका छन् ।

त्यस्तै सुर्खेत भेरी गंगा नगरपालिका वडा नम्बर ५ का वर्ष ३० का जय बहादुर कामी, सोही ठाउँका वर्ष २५ का गणेश विक र सोही पालिका वडा नम्बर १२ का वर्ष ३६ का देव बहादुर बाँठा रहेको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ ।
जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर १ मा रहेको एक होटेलमा रेडपाण्डाको छालाको कारोबार गरिरहेका ५ जना पक्राउ परेका हुन् ।
उक्त छाला १ लाखमा इन्द्रबहादुरले जाजरकोटकै लोकेश सिंहबाट किनेर उनले कृष्ण वलीलाई दिएका थिए । पछि कृष्णले गणेशलाई दिएको र गणेश लगायतले सुर्खेतको छिन्चुबाट रु ४० लाखमा विक्रि गर्न भनि बाँकेमा ल्याएको प्रहरीले बताएको छ । तर विक्रि गर्न नपाउँदै उनीहरु पक्राउ परेका छन् ।

पक्राउ परेका ५ जना विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ क बमोजिम १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ । उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रकाशित : २०७७ भाद्र २८, आईतवार १४:१४