
बुटवल, भदौ २८ ।
पश्चिम नवलपरासीको बेलारीमा टिप्परको ठक्करबाट टिप्पर चालककी आमाको ज्यान गएको छ ।
टिप्परले ठक्कर दिंदा सोहि टिप्पर चालककी आमा ६० वर्षिय खेम कुमारी थापाको ज्यान गएको नवलपरासी प्रहरीले जनाएको छ ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ४ बेलारीमा पार्किङ गरी राखेको टिप्पर चालक २८ वर्षिय गोबिन्द थापाले टिप्पर निकाल्ने क्रममा आफ्नै आमा स्थानीय खेम कुमारी थापालाई ठक्कर दिएका थिए ।
टिप्पर चालक २८ वर्षिय गोबिन्द थापाले घरको कम्पाउण्डमा पार्किङ गरेर राखेको लु २ ख २२५९ नं. को टिप्पर निकाल्ने क्रममा आफ्नै आमा ६० वर्षिय खेम कुमारीलाई थापालाई ठक्कर दिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिल्ली नारायण पाण्डेले बताए ।
टिप्परको ठक्करबाट गम्भिर घाईते भएकी थापाको सनिवार राती पौने ९ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफैले चलाएको टिप्परले आमालाई ठक्कर दिएपछि चालक गोबिन्दले सोहि टिप्परमा राखी अस्पतालमा ल्याएका थिए । अहिले ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

