सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको बिहानैदेखि खोजी सुरु

[sharethis-inline-buttons]

लुदअ भदौ २९, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको पहिरोमा बेपत्ताहरुको आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाले बेपत्ताहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ३५ जनाको टोली खटाएको छ । शनिबार राति गरेको पहिरोमा २० जना बेपत्ता छन् । पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घाइते तीन जनाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । सिन्धुपाल्चोकमा गएको जेठ अन्त्यदेखि सुरु भएको मनसुनपछि लगातार बाढी पहिरो गइरहेको छ । भूकम्पले जमिनमा धाँजा फाटेको र थिलथिलो भएकाले मनसुनमा क्षति बढी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

२०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, गोरखा, रसुवा, दोलखा, धादिङसहित १४ जिल्ला बढी प्रभावित भएका थिए । भू(गर्वका विज्ञ तारानिधि भट्टराईले बाढीपहिरोको जोखिमबारे अध्ययन नहुँदा हरेक वर्ष क्षति बढ्दै गएको बताउनुभएको छ ।


प्रकाशित : २०७७ भाद्र २९, सोमबार ०२:०७