लुदअ भदौ ३०, काठमाण्डौ
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गर्नुभएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि मन्त्री पुनले वरिष्ठ उपकार्यकारी निर्देशक रहेका कोइरालालाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको हो । उहाँलाई वरिष्ठताका आधारमा नियुक्त गरिएको हो ।
यसअघि कुलमान घिसिङले आफ्नो अनुपस्थितिमा लेखनाथ कोइरालालाई नै निमित्त प्रमुखको जिम्मेवारी दिने गर्नुभएको थियो ।
कुलमान नियुक्तिको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा
विद्युत् प्राधिकरणमा कुलमानलाई नै दोहोर्याउन चौतर्फी माग भए पनि घिसिङ प्राधिकरणबाट बाहिरिनुभएको छ । तर ऊर्जा मन्त्रालयले भने कुलमानलाई दोहोर्याउने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको जनाएको छ ।




















