नारायणगढ–मुग्लिन सडकखण्ड बन्द

[sharethis-inline-buttons]

लुदअ भदौ ३१, काठमाण्डौ
एकैदिन पाँच वर्ष यताकै धेरै पहिरोका कारण नारायणगढ – मुग्लिन सडकखण्ड बन्द भएको छ ।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो गएकाले अहिले यो सडकखण्डमा कुनैपनि गाडी चलेका छैनन् । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।


प्रकाशित : २०७७ भाद्र ३१, बुधबार ०३:०८