
लुदअ भदौ ३१, सिद्धारा
पशु चौपायालाई घाँस काट्न गएकी एक महिलाको रुखबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका ९ सिद्धाराकी करिब ७० ७५ वर्षीया हेमकला विकको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।
घर नजिकैको जंगलमा डाले घाँस काट्दै गरेको रुखबाट खसेर विकको मृत्यु भएको ईलाका प्रहरी चौकी सिद्धाराका प्रमुख चुल्हाई चौधरीले जानकारी दिए ।
मंगलबार दिउंसो करिब ५ बजे रुखबाट लडेर घाईते भएकी विकलाई उपचारका लागि एम्बुलेन्समा बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताईएको छ ।

