
लुदअ कपिलवस्तु, असोज ३
रोजगारीका शिलशिलामा दक्षिण कोरोयामा पुगेका अर्घाखाँची शितगंगा ६ का हरि आचार्यको पहलमा मृगौला पीडित सन्तोष गैरेलाई ३२ हजार ९ सय आर्थिक सहयोग प्रदान गरिएको छ ।
अर्घाखाँची भूमिकास्थान नगरपलिका वडा न १० स्थाई बसोबास भएका सन्तोष गैरेको दुबै मृगौलाले काम गर्न छाडेपछि आचार्यको पहलमा कोरोयामा आर्थिक संकलन गरि उक्त सहयोग प्रदान गरिएको हो ।
गैरे अहिले सिद्धार्थ गौतम बुद्ध अस्पातलमा उपचारत छन् । तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपनि गैरको आर्थिक अवस्था कमजोर छ ।
आर्थिक अवस्था निकै नै कमजोर रहेपछि कोरियामा रहेका नेपालीहरुसँग आर्थिक संकलन गरी कोरिएन वोन तीन लाख तीस हजार उपचार खर्चस्वरुप उपलब्ध गराइएको हरी आचार्यले बताएका छन् ।
उनले आर्थिक अवस्थाका कारण उपचारमा समस्या हुन नदिनका लागि पिडितको घाउमा मलम लगाउने उद्देश्यले आर्थिक सहयोग गरिएको भन्दै आगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।