
हरि आचार्य कपिलवस्तु, असोज ४
प्राईम लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड जितपुर शाखाले मृत्यु दावि रकम भुक्तान गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ का स्वर्गीय बिमला दर्लामीको विमा वापतको मृत्यु दावि रकम उनका श्रीमानलाई हस्तान्त्रण गरिएको हो ।
रु १० लाख बराबरको २० बर्षे प्राईम लाईफ सरल जिवन विमा गरेकोमा दलार्मीको केहि दिन अगाडि हृदयघातका कारण उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा निधन भएसंगै रु ५० हजार ९ सय ४२ बराबरको एक किस्ता मात्र भुक्तान गरेकोमा रु ९ लाख ९६ हजार ५८ रुपियाँको चेक उनका श्रीमानलाई हस्तान्त्रण गरिएको शाखा प्रमुखले सुरेश ज्ञवालीले जानकारी दिएका छन् ।
विमा वापतको मृत्यु दावी रकम उनको गाउँमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको मानिसको जिवनमा जहाँ जतिबेला पनि समस्या आईपर्ने भएकाले सो समस्याहरुको जोखिम बहनका लागि जिवन विमा अतिआवश्यक रहेकाले सबैलाई जिवन विमा गर्न आग्रह गरेका थिए ।
प्राईम लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड जितपुर शाखाका शाखा प्रमुख सुरेश ज्ञवालीको अध्यक्षता, शोभाराम घर्तीको प्रमुख आतिथ्यता, हरि गैरेको आतिथ्यता, चन्द्रौटा उपशाखा प्रमुख अनिल थारु, कर्मचारी पबित्रा गैरे, सामुदायिक वनका प्रतिनिधि बेल बहादुर राना, विद्यालयका प्रतिनिधी मनिसरा घर्ती लगायतको उपस्थिती रहेको कार्यक्रम ईन्स्योरेन्सका एजेन्सी म्यानेजर सबिना कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

