अपडेटः विद्युत प्राधिकरणको जीप भेटियो, २ जना वेपत्ता

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असोज ७
बुधबार दिउँसो कपिलवस्तुको कोइली खोलाले बगाएको जीप भेटिएको छ । दुर्घटना भए पश्चात निरन्तर उद्धारमा खटिएका तीनै तहका सुरक्षाकर्मीको अथक प्रयासले जीपलाई खोलाबाट बाहिर निकालिएको हो । दुर्घटना वाणगंगा वडा नं. ७ र ९ को सीमामा पर्ने कोइली खोलामा भएको हो ।

लुम्बिनीदर्पणकर्मी मोहन बेल्बासेका अनुसार एक्साभेटरको प्रयोगले जीपलाई खोलाबाट बाहिर निकालिएको हो ।
यद्यपि जीपसंगै खोलामा हराईरहेका दुई जनाको शव अझै फेला पार्न सकिएको छैन् । खोला बढीरहेको र रात परेकाले हराइएका दुई जनाको शव निकाल्न नसकिएको हो । जीप चालक माधव प्रसाद पाण्डेको भने साँझमात्र मृत अवस्थामा शव भेटिएको थियो ।

अझै प्राधिकरणका गजेहडा शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री वेपत्ता रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।


प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०२:१४