स्याङ्जामा पहिरोले घर भत्काउँदा १ जनाको ज्यान गयो, ८ जना पुरिए

ByLumbini Darpan Online

८ आश्विन २०७७, बिहीबार ०३:२३ ८ आश्विन २०७७, बिहीबार ०३:२३ ८ आश्विन २०७७, बिहीबार ०३:२३

लुदअ असोज ८, स्याङ्जा
स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १४ मा माया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अरु ८ जनालाई पनि निकाल्ने प्रयास भइरहे पनि घरमाथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले बताउनुभयो । यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतमटोलमा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ ।

सुतिरहेको बेला आज बिहान घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा बाबुराम परियारका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *