सगरहवामा शाखा प्रमुख पौडेलको शव फेला

[sharethis-inline-buttons]

मोहन बेल्वासे

विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा वेपत्ता भएका पौडलको शव फेला परेको छ ।

कपिलवस्तुको बनगाई-डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युत वितरण केन्द्र फ्युज सेवा गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप बुधबार खोलाले बगाएको थियो ।

अन्य दुई जनाको शव यसअघि नै फेला परेका थिए ।

बाढीले बगाएर कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको शव करिव १० किलोमिटर तल कपिलवस्तु नगरपालिका ६ सग्रहवा पुयाएको अवस्थामा स्थानियले फेला पारेपछी प्रहरीलाई खबर गरेको वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायव निरिक्षक हरि बस्नेतले बताए । अहिले त्यस क्षेत्रमा पौडेलका आफन्त , शुभेच्छुक , इष्टमित्र । विधुतका कर्मचारी लगाएत स्थानियबासी जाने क्रम भैरहेको छ ।
उनले बेपत्ता पौडेलको ३ दिन अघिदेखि नै खोजीकार्य जारी रहेको थियो ।

विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा। १ च १०८९ पजेरो जीप बगाएको थियो ।


प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार ०९:३०