अर्घाखाँचीको शितगंगामा पहिरोको जोखिम कायमै १७ घरगोठमा क्षती

लुदस, ठाडा

जिल्लाको शितगंगा नगरपालिका वाड नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा शुक्रबार पहिरो जादाँ १७ घर बगाएको छ ।

लगातारको अविरल वर्षा रोकिएसँगै शुक्रवार पहिरो गएको थियो ।

गाउँमा पहिरो गएसँगै ९९ घर परिवारलाई नजिकैको विद्यालय र आफ्न्तकहाँ सारेको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए । घटनास्थलमा पुगेर प्रहरी, स्थानिय तथा जनप्रतिनिधीहरु उद्धारमा लागेका छन ।

पहिरोको कारण त्यहाँका थप घर गोठमा जोखिम कायमै रहेको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । मानविय क्षति नभएपनि नगद, जिन्सि, अन्नपात, पशु चौपायमा क्षति पुगेको बुढाथोकीले बताए ।

घरगोठ बग्ने क्रम नरोकिएको जनाईएको छ । घटना भएसँगै शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले दुःख व्यक्त गरेका छन । नगरप्रमुख अधिकारी घटनास्थलमा गई निरक्षण पश्चात घटनाकोे बारेमा थप जानकारी दिने बताएका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *