शितगंगा ६ का समाजसेवी आचार्यद्धारा विद्यालयमा स्वास्थ्य सामग्री प्रदान

ByLumbini Darpan Online

१३ आश्विन २०७७, मंगलवार १४:०७ १३ आश्विन २०७७, मंगलवार १४:०७ १३ आश्विन २०७७, मंगलवार १४:०७

हरि आचार्य कपिलवस्तु, असोज १३
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) कारण करिव ६ महिना भन्दा धेरै समय पछि केहि मात्रामा सञ्चालनमा आएका विद्यालयमा सुरक्षा मापदण्ड पुरा गर्न कठिन भएको छ । लामो समय सम्म पढ्नबाट बञ्चित रहेका विद्यार्थीहरु विद्यालय जान पाएपछि उत्साहित भएका छन् । तर स्वास्थ्य सामग्रीको अभावका कारण विद्यार्थीहरु कसरी सुरक्षित हुने अन्योल थपिएको छ । हरेक दिन विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पालना गर्न कठिन देखिएको छ ।

सोहि समस्यालाई मध्यनजर गर्दै अर्घाखाँचीको शितगंगा एक समाजसेवीले विद्यालयमा स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका छन् । शितगंगा नगरपालिका वडा नं. ६ का विष्णु प्रसाद आचार्यले विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । आचार्यले सोहि वडाको श्री सिद्धार्थ आधारभुत विद्यालयमा मास्क र स्यानिटाईजर हस्तान्त्रण गरेका हुन् । उनले विद्यालयका विद्यार्थी तथा कर्मचारीहरुलाई २ सय मास्क र एक थान स्यानिटाईजर प्रदान गरेका थिए ।

स्वास्थ्य सामग्री हस्तान्त्रण गर्दै आचार्यले विशेष गरि दैनिक विद्यालयमा आउने विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरेको बताउँदै सचेत रहन आग्रह गरे ।

स्वास्थ्य सामग्री प्रदान गरेकोमा विद्यालयका प्रधानाध्यापक नेत्र प्रसाद पोख्रेल तथा विद्यार्थीहरुले उनलाई धन्यवाद व्यक्त गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *