प्रहरीको अनुसन्धान सुस्त भनाई दुत्र, न्याय पाउने आसमा वित्यो ९ वर्ष

[sharethis-inline-buttons]

, कोपवा
शिवरानीको हत्या भएको आज ९ वर्ष पुग्यो । हत्या भएको ९ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि शिवरानीका परिवारजन निराश भएका छन् ।
कपिलवस्तुको वाणगंगा ६ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते अर्थात आजकै दिन ९ वर्ष अगाडी हत्या भएको थियो ।
२०६८असोज १३ गते साझ गाँउमा भएको थारु सांस्कृतिक कार्यक्रम हेर्न घरवाट निस्किएकि शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकि थिइन् ।
मृत्युको वारेमा इलाका प्रहरी कार्यालय गोरुसिंगे का तत्कालिन प्रहरी निरिक्षक शिशु शर्मा र पोष्ट मार्टम रिर्पोट ले बलात्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको भएता पनि हाल सम्म पनि प्रहरीले कुनै कदम नचालेकै कारण हत्यारा पत्ता लाग्न नसकेको स्थानियको बुझाई छ ।
ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक कृष्ण रानाले घट्ना को थप अनुशन्धानका लागि प्रहरी प्रधान कार्यालयमा विशषेज्ञ टोली माग गर्न अनुरोध गरेको बताउदै कोरोना र बन्दाबन्दी का कारण अनुशन्धानमा ठिलाई भएको बताए । यता संचारकर्मी हरुले घट्नाबारे उठान गर्दा मात्र प्रहरीले मिसिल फाईल खोल्ने गरेको पाइएको छ । यस विषयमा पत्रकारले घटनाका बारेमा जानकारी लिन खोज्दा प्रहरी नै अनविज्ञता जनाउदै उल्टै पत्रकारसँग जानकारी लिन खोजे ।
इता यस वारेमा स्थानिय महिला समुह र बुद्धिजिविहरुले पट्क पट्क आवाज उठाएको भएतापनि कुनै सुनुवाई नभएको कोपवाकि महिला अधिकार कर्मी रिता पाण्डेले बताईन् । हत्यारा नजिकैको भएको र प्रहरी इमान्दारीताका साथ लागि पर्ने हो पत्ता लगाउन गाह्रो नपर्ने स्थानिय बुद्धिजिवी चिरन्जिवी गिरी को भनाई छ । प्रहरीको सकृयाता नभएकै कारण हत्यारा पत्ता लाग्न ठिलाई भएको गिरीको भनाई छ । जिल्लाको प्रहरी संगठनमा नेतृत्व परिवर्तन हुदाँ पट्क पट्क यस विषयमा कुरा उठे पनी हत्यारा पत्ता लगाउन प्रहरी गम्भिर नहुदा न्याय हराएजस्तै भएको छ ।
हालै कपिलवस्तु आएका प्रहरी उपरिक्षक नमराज अधिकारीलाई समेत यस विषयमा पत्रकार सम्मेलनमा यस विषयमा जानकारी गराईएको थियो । उनले पुराना फाईल खोज्ने र प्रकृयामा जाने बताएपनी हालसम्म कुनै कदम नचालेको स्थानिय संचारकर्मीहरुले बताए ।
प्रहरी संगठन गहन नहुदा पनि हत्यारा खुलेयाम घुमेका छन् । हत्यारा पत्ता नलाग्दा आफुहरुले न्याय नपाएको गुनासो स्थानिय संचारकर्मी संग मृतकका हजुरबुबा पिंगु थारुले दुखेसो पोखेका छन् । त्यतीमात्र होईन वाणगगा ४ भावपुर कि २७ वर्षिया युवती गंगा पौडेल को पनी हत्या भएको ६ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता लाग्ने सुईको समेत छैन् । उनको २०७१ श्रावण २ गते तिजको कपडा सिलाउन भनी गजेहडा बजार पुगेर फर्किदा घर नजिकैको जंगलमा निर्वस्त्र मृत आस्थामा फेला परेकी थिइन ।
उनको पनी बलात्कार पछी हत्या भएको अनुसन्धानले बताएको भएतापनी प्रहरीले पोष्ट मार्टम रिपोट समेत नदिएको बताउदै प्रहरीले घट्ना प्रती आलटाल गर्दै घर परिवारमै आरोप लगाउदै उक्कन खोजेको मृतकका ससुरा ससिधर पौडेलले मलिन स्वरमा बताए ।
यि दुवै जघन्य अपराधका बारेमा कपिलवस्तुका प्रहरीले घट्नाको अनुसन्धान दुत्र गतिमा भएको बताएको भएता पनि घट्नामा प्रहरी सुस्ताएको स्थानिय र घर परिवार का सदस्यहरुको गुनासो छ ।
घट्नाका बारेमा नागरिक अगुवा दोलख बहादुर पछाईले पनी दोषी पत्ता नलाग्नुको कमजोरी प्रहरी रहेको बताउदै प्रहरीले त्यती मात्र नभएर विभिन्न हत्या काण्डका अपराधीको अनुसन्धानमा ठिला सुस्ती गरेको भन्दै अनुसन्धान र प्रहरीलाई आफुहरुको साथ चाहिएमा जतिबेला पनी तयार रहेको बताए उनले पिद नै नताति कडो कसरी तात्छ भन्दै प्रहरीको आलोचना समेत गरे । घट्ना का दोषीलाई यथासिग्र पत्ता लगाई कार्वाहि गरे पिडितले न्याय पाउने सरोकारवालाको बुझाई छ । साथै उनले हत्या र घरेलु हिसाका दोषीलाई छिटो भन्दा छिटो पत्ता लगाई कार्वाहि गर्नुपर्ने नागरिक समाजको जोडदार माग रहेको बताए ।


प्रकाशित : २०७७ आश्विन १४, बुधबार ०६:२८