प्रदेश ५ को राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव, नाम लुम्बिनी

लुदअ असोज १६, दाङ
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र दाङको भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएको छ ।

केहीबेरअघि सुरु भएको बैठकमा प्रस्ताव पेस भएको हो । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिएको थिएन ।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेश सभामा मतभेद रहेको छ । यसअघि वाग्मती प्रदेशको राजधानीबारे पनि नेकपाको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो भने प्रदेश ५ को राजधानीका लागि पनि नेकपाका दुई जना अध्यक्षबीच सहमति भएपछि प्रदेश सरकारले निर्णय गरेको बताइएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *