लुदअ काठमाडौं, असोज २०
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै अनशनरत् डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
चिकित्सकहरुकाअनुसार उहाँको शरीरमा अक्सिजनको मात्रामा कमी भएको छ भने स्वास फेर्नसमेत गाह्रो हुन थालेको छ ।
डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सोमबारबाट स्वास बढ्ने, चक्कर लाग्ने, छाती दुख्नेलगायतका समस्या देखिएको शिक्षण अस्पतालले जनाएको छ ।
दोहोरो बोल्दासमेत स्वास बढ्न थालेकोले अब ईसारामा मात्रै बोल्नसक्ने अवस्था रहेको डा. केसीसँगै रहनुभएकी डा. तोसिमा कार्कीले जानकारी दिनुभयो ।
लामो समयदेखि अनशनरत् डा. केसीको रोगप्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर रहेको अस्पतालले जनाएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि आइतबारबाट अक्सिजन दिन थालिएको थियो ।
चिकित्सकहरुले तत्काल ‘आईसीयू’मा राखेर उपचार थाल्नुपर्ने बताएपनि डाक्टर केसीले मान्नुभएको छैन ।
डाक्टर केसीले १९औंपटक अनशन थाल्नुभएको सोमबार २२ दिन भएको छ । यसबीचमा सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गर्नुबाहेक वार्ताको पहल समेत गरेको छैन