सरकार र डा.केसी सहमति नजिक

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ २३ असोज, काठमाडौं
सरकार र २५ दिनदेखि अनसनसत डा। गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ ।

शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ ।

कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताउन चाहेका छैनन् । सरकारी वार्ता टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, निकै सकारात्मक छलफल भएको छ । छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि सहमति खोज्छौं ।’

डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा. केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । डा. केसीले भने भन्ने बाहिर ल्याइएको छैन ।

तर भोलि सरकार र डा. केसीबीच सहमति हुने सम्भावना रहेको शिक्षामन्त्रालयसवद्ध स्रोतले बताएको छ ।

केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

डा. केसीको अनसनको २४औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो ।


प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार ०२:०६