
बुटवल
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ ।
रुघा लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण) मा उनलाई कोरोना पोजिटिभ देखिएको बताईएको छ ।
उनले भने, ‘हो मन्त्रीज्युमा आज दिउँसो कोरोना पुष्टी भएको छ, अब हामी सचिवालयमा सबैको परीक्षण तयारीमा छौ।’ उनले मन्त्री केसीलाई २ दिनअघि देखि रुघा लागेको र बिहान पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताए । उनी अहिले मन्त्रालयकै निवास स्थित आइसोलेसनमा बसेका छन् ।

