सप्तरीमा शक्तिपीठ र मन्दिर निषेधित क्षेत्र घोषणा

लुदअ कात्तिक १, सप्तरी
सप्तरीमा शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला सुरक्षा समिति, सप्तरीले गएराति ११ बजेदेखि आउँदो मङ्सिर ७ गते राति साढे ११ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले मन्दिरकातर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्यरगतिविधि हुनरगर्न निषेध गरिएको बताउनुभएको छ ।

आजदेखि बडादशैँ सुरु भएसँगै शक्तिपीठ तथा मन्दिरमा भीडभाड हुने भएकाले समितिले निषेधाज्ञा लगाएको हो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *