यस वर्षको मनसुन बाहिरियो

[sharethis-inline-buttons]

लुदअ १ कात्तिक, काठमाडौं
यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते १२ जुन देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते ९अक्टोबर १० नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् ।

गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।


प्रकाशित : २०७७ कार्तिक १, शनिबार ०२:०७