Latest Posts

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

Latest Posts

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएपछि नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको हो । Facebook Comments Box

Arv

l

विजयनगरमा एम्बुलेन्स सेवाको शुभारम्भ

लुदअ कपिलवस्तु, कात्तिक ६
कपिलवस्तुको विजयनगर गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पिपरी समयमाई मन्दिरमा पुजाआज गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको हो ।

अध्यक्ष थापाले एम्बुलेन्स सेवा सञ्चालनको उद्घाटन गर्दै यहाँका जनताहरुले अब सजिलै औषधी उपचार सेवा पाउने बताउनुभएको छ । गाउँपालिकाले यहाँका नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखी अगाडी बढिरहेकोे थापाले बताउनुभयो ।

स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्दै मानिस स्वास्थ्य रहे मात्र विकासका क्षेत्रमा फड्को मार्न सकिने उहाँले बताउनुभयो । गाउँपालिकामा एम्बुलेन्स नहुँदा जनताले सम्बन्धित ठाउँमा पुग्न निकै समस्या भोग्दै आएका थिए । कतिपय अवस्थमा विरामी हुँदा यातायातको साधन नपाउँदा अकालमै मृत्यु हुने समेत ग¥थ्यो तर यी बाध्यता अबदेखि हट्ने भएको छ ।

अबदेखि नागरिकहरुले समयमै औषधी उपचार गर्न एम्बुलेन्स सेवा पाउने भएका हुन् । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को खरिद गर्ने कार्यक्रम रहे तापनि कोरोना भाइरस ९कोभिड–१९०को कारण गर्दा यस वर्षको सुरुमै एम्बुलेन्स ल्याएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।

एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार व्यवस्थापन गर्ने भट्टराईले बताउनुभयो । एम्बुलेन्स सञ्चालनमा भएपछि पालिकावासी खुसी भएका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *