आजदेखि ५ दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

लुदअ कात्तिक ७, काठमाण्डौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरेको छ ।

दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन गर्ने बताउनुभयो । कोरोनाका बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट जानकारी गराइने पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार कोरोनाका बारेमा नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ८ सय १२ जनाको ज्यान गएको छ । यस्तै एक लाख दुई हजार ८ सय २० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर ४४ हजार ८ सय ७७ सक्रिय सङ्क्रमित रहेका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *