
हरि आचार्य कपिलवस्तु, कात्तिक १३
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ वडा कार्यालयले कृषकहरुलाई माटोको किट्नाशक औषधी वितरण गरेको गरेको छ । नगरसभाबाट पारित आर्थिक बर्ष २०७७/७८ का योजनामध्ये पहिलो योजना अन्तर्गत कृषिमा विनियोनित सशर्त अनुदान कार्यक्रमबाट सुरु गरिएको हो । शितगंगा १३ का भंगला, मुसियान, ढांड, माझफांट, भलासिख्र, तारिके लगायतका गाउँमा करिव ४ सय कृषकहरुलाई बुलेट तथा फिउराडन किट्नाशक औषधी प्रदान गरिएको वडाकार्यालयले जनाएको छ । वडाध्यक्ष, वडा सचिव तथा कृषि प्राविधिक सहितको टोलि कृषकहरुको टोलमा पुगेर माटोमा प्रयोग गरिने विषादी वितरण गरिएको हो ।
किसानहरुको धानखेतीनै नष्ट भएको समस्यालाई मध्यनजर गर्दै माटोमा नै समस्या भएकाले अरु वालिमा क्षेती नहोस् भन्ने उद्देश्यले औषधी उपलब्ध गराईएको वडाध्यक्ष दुर्गा बहादुर बिसिले जानकारी दिएका छन् । वडाअध्यक्ष विसिले वडावासीका समस्या समाधानमा वडा कार्यालय र आफु सधै तत्पर रहेको बताए । उनले पछिल्लो समय कृषि र पशुपालनबाट आफ्नो जिवन निर्वाह गर्दै आएका कृषकहरुलाई समस्या परेकाले समस्या समाधान तर्फ वडाले जोड दिएको बताएका छन् ।
वडाध्यक्ष दुर्गा बहादुर बिसीको अध्यक्षता रहेको कार्यक्रममा वडा सचिव, वडाका जनप्रतिनिधी, कृषि प्राविधिक, सञ्चारकर्मी तथा कृषकहरुको उपस्थिती रहेको थियो भने ऋषिराम विसिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।