ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दुई अध्यक्षको शक्तिसंघर्ष दोस्रो पुस्ताका नेता तनावमा

लुम्बिनी दर्पण २०७७ कार्तिक १७, सोमबार ०७:२५
[sharethis-inline-buttons]

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद फेरी बल्झिएको छ । यस अघि विवाद मिलेको भनिएको भएपनि गत शनिबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटघाट र त्यसपछि भएका भनिएका टेलिफोन संवाद सकरात्मक नभएको चर्चा अहिले भइरहेको छ ।

           दुई अध्यक्षको तिक्तता बढेपछि मिडिया र सामाजिक संजालमा नेकपाका नेताहरुको बयानबाजी पनि शुरु भएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले आइतार गोदावरीमा पार्टी विवाद बारे प्रतिक्रिया दिदै मिडियामा हल्ला चले जस्तो फुट्न लागेको नभएको बताएका छन् । तर उनले सधै भरि अलग अलग बैठक बसिरहेको बारे आफुले प्रचण्डसँग प्रश्न भने गरेको बताएका छन् ।

कसले के भने ?

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सामाजिक संजालमार्फत अहिले पार्टी एकता गम्भीर संकटको मोडमा आएको बताएका छन् ।

उनले राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको बताउदै अहिलेसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको बताएका छन् ।

महासचिव पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने भन्दै आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले तुरुन्त स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

सामाजिक संजाल मार्फत नेता रावलले विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन् भन्दै यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुने बताएका छन् ।

त्यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेशबिरुध्द हुने बताएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो भन्दै यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘ब्यक्तिवाद,अहंकार, आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन । देश,जनता ,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौ ।’

फुट्नै लागेको हो त नेकपा ?

सिधै टिप्पणी गर्दा नेकपा खासमा एक पार्टी थिएन र छैन । आहिले आम जनता र राजनीतिक विश्लेषकहरुको प्रश्न छ, हरेक एजेण्डा र नियुक्तिमा विवाद हुने अथवा अर्को भषामा भागबण्डा मिलाउनुपर्ने पनि एउटै पार्टी हुन्छ ? अहिले नेकपामा प्रधानमन्त्री ओलीले गर्ने हरेक एकतर्फी नियुक्ति पछि विवाद बढ्ने गरेको ट्रेण्ड नै देखिएको छ । अहिलेको विवाद पनि राजदुत नियुक्ति र मन्त्रीपरिषदको पुनर्गठनपछि बढेको देखिएको हो । हो अहिले शृंखलाबद्ध रुपमा यी घटना बढी भएका भने हुन् । जस्तो कर्णाली घटना, पर्सा घटना रअ प्रमुखको नेपाल भ्रमण आदि आदि ।

तर सतही रुपमा हेर्ने हो भने मुख्य विवाद नियुक्तिमै देखिन्छ । प्रधानमन्त्री ओलीले सहमति गरेर पनि सरकारका नियुक्ति एकलौटी गरिरहेका छन् । उनले अर्का अध्यक्षलाई नियुक्तिमा सोधेका छैनन् । अर्थात पार्टीमा छलफल गरेका छैनन् । प्रचण्ड पनि कर्णाली घटना, पर्सा घटना, राजदुत नियुक्ति, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखको भ्रमणले आफु पेलिएको महसुस गरेकै हुन् । अब दोस्रो पुस्ताका नेताहरु पनि पार्टी एकता संकटमा पुग्यो भनेर सामाजिक संजालमा हार गुहार गरेको देखिन्छ । तर यो अवस्थाका लागि सबै भन्दा बढी उनीहरु पनि जिम्मेबार छन् । आफुहरु एक ठाउमा आएर हस्तक्षेप गर्ने अवस्था सिर्जना गर्नुको सट्टा कहिले बालुवाटार र खुमालटारमै व्यस्त देखिन्छन ।

समग्रमा भन्दा अहिले नेकपा फुटीहाल्ने भन्दा पनि दुई अध्यक्षको शक्तिसंघर्षको चरममा पुगेको भन्न सकिन्छ ।  नेकपा वृतमा अविश्वास प्रस्ताव र पार्टी फुटछ भन्ने कुरा अब नयाँ विषय भएन । प्रचण्ड र नेपाल पक्षले अविश्वासको प्रस्ताव बारे चर्चा अगाडी बढाउना साथ ओली पक्ष पार्टी फुट्न लाग्यो भनेर मिडिया र सामाजिक संजालमा बहस सुरु गरिहाल्ने प्रवृति पुरानो भयो ।

दुवै पक्षले यो एक अर्कालाई गलाउने रणनितिका रुपमा पार्टी एकता भएदेखि नै प्रयोग गरिरहेका छन् । र यसको फाइदा कहिले ओली पक्षले त कहिले प्रचण्ड पक्षले लिएको छ । अहिलेको अवस्थामा आफ्नै पार्टीको सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रचण्ड-नेपाल पक्षलाई जति मुश्किल छ त्यति नै मुश्किल ओलीलाई पार्टी फुटाउन पनि छ । दुवै पक्षले यो अप्ठ्यारो बुझेकै कारण अविश्वास प्रस्ताव र पार्टी फुटलाई रणनीतिक हिसाबले प्रयोग गरेको सजिलै बुझ्न सकिन्छ ।

केहि महिना अगाडी आएको एउटा चर्चित गीतको प्रसंग अहिले नेकपाको अवस्थाको बारेमा ठ्याक्कै मिल्छ -‘ सोचे झैँ जिन्दगी रैन छ…’, अहिले नेकपाको अवस्थाले  ‘सोचे झैँ एकता रैन छ…’ भन्ने अवस्थामा पुर्याएको छ । घटनाक्रमको विश्लेषण गर्दा नेकपाका दुवै अध्यक्ष पार्टी फुटाउने निर्णयमा पुग्लान नपुग्लान त्यो त समयले बताउला तर अहिले पार्टी एकता र सरकार संचालन सोचे जस्तो नभएको महसुस भएको भने पक्कै हो ।


प्रकाशित : २०७७ कार्तिक १७, सोमबार ०७:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech