देशलाई संघीयताको खाँचो नै नभएको बास्कोटाको जिकिर

[sharethis-inline-buttons]

काठमाडौँ

पूर्वमन्त्री गोकुल बाँस्कोटाले देशलाई सङ्घीयता आवश्यक नै नभएको बताएका छन् । उनले केवल द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता मान्नु परेको जिकिर बताए । सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निणर्य गरेपछि यतिबेला उक्त निणर्यको विरोध भइरहेको छ ।

सोही पृष्ठिभूमिमा उनले उल्लेख् गरेका हुन् ।
गत कार्तिक ११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निणर्य भएको थियो । सोही निणर्यअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम यस्मा चै के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको त छैन। द्वन्द्व व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन सङ्घीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन। कमरेडका दुःख पनि कहिल्यै नसकिने 


प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १५:४८