ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

भारतीय अधिकारीहरुको नेपाल भ्रमण बाक्लियो,भारतीय विदेशसचिव नेपाल आउँदै

लुम्बिनी दर्पण २०७७ कार्तिक २५, मंगलवार ०६:३०
[sharethis-inline-buttons]

काठमाडौं ।

। भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला आगामी मंसिर ११ गते नेपाल आउने भएका छन् ।

नेपालमा सत्तारुढ पार्टीका शिर्ष नेतृत्वबीच चरम द्वन्द्व बढिरहेको बेला एकपछि अर्को भारतीय अधिकारीहरुको भ्रमण बढेको हो । हालैका दिनमा भारतीय अधिकारीहरुको नेपाल भ्रमण निकै बाक्लिएको छ 

रअका प्रमुखलाई आफ्नै निवासमा मध्यरातमा भेट गरेपछि आलोच्य बनेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग बिग्रिएको सम्बन्ध विस्तारका लागि निरन्तर प्रयत्नशील छन् । भारत पनि झण्डै दुई तिहाई बहुमतको सरकारका वर्तमान प्रधानमन्त्री ओलीसँगै सम्बन्ध पुनर्स्थापित गरी आफ्नो लक्ष्य भेटाउन चाहन्छ ।

जस्तो सुकै विवाद भएपनि आ–आफ्नो राष्ट्रिय स्वार्थका लागि दुई मुलुकका नेता र अधिकारीहरुबीचको केमेष्ट्री मिल्न थालेपछि भारतीय अधिकारीहरुको नेपाल भ्रमण बाक्लिन थालेको हो ।

 

भारतीय विदेशसचिव श्रृंगलाको भ्रमणका समयमा दुई मुलुकका विदेशसचिवस्तरीय वार्ता हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेश सचिवको भ्रमणका क्रममा नेपाली समकक्षी भरतराज पौडेलसँग सीमा विवाद लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । कतिपय महत्वपूर्ण विषयमा भारतले नेपालको पाइन समेत नाप्नेछ ।

भारतले नेपालको भूमि अतिक्रमण गरी गत वर्षको यसै समयमा नयाँ नक्शा जारी गरेपछि बिग्रिएको सम्बन्ध नेपालकै भूमिहुँदै बनाएको सडक उड्घाटन गरेपछि गत वैशाखदेखि थप बिग्रिएको थियो । त्यसलगत्तै नेपालले आफ्नो अतिक्रमित भूमिलाई समेट्दै नेपालले नयाँ नक्शा सार्वजनिक गर्दै संविधानको अंग बनाएपछि भारतले नेपालविरुद्ध थप दबाबको रणनीति अख्तियार गरेको थियो ।

तर, बाहिर विवाद देखिए पनि सरकारले भारतसँग सम्बन्ध विस्तारका लागि सबैखाले संयन्त्र प्रयोग गरेको थियो । भारतले पनि नेपालसँग सम्बन्ध थप बिग्रिँदा नेपाल चीनको पोल्टामा पुग्ने डरले सम्बन्धलाई पुनस्र्थापित गर्न चाहेको थियो । गत अगष्ट १५ तारिकमा भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेपछि दुई मुलुकका नेताहरुबीच खुल्ला र गोप्यरुपमा सम्बन्ध विस्तारको श्रृंखला बढेको हो ।

भारतीय विदेश सचिव श्रृंगलाको आउँदो नेपाल भ्रमण पनि यसैको विकसित अवस्था भएको परराष्ट्रमामिला जानकारहरुले बताएका छन् ।
श्रृंगलाले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने छन् ।

दुई मुलुकका परराष्ट्रसचिवस्तरीय छलफलमा सीमासम्बन्धी प्राविधिक स्तरीय समितिको बैठकको मिति तय गर्ने विषयको एजेण्डामा चर्चा हुनेछ ।

यसैगरी पञ्चेश्वर बहुउदेश्यीय परियोजना, जलविद्युत आयोजना र ठूला नदीहरुमा बाँधको विषय पनि एजेण्डामा सामेल हुनेछ ।

यसपटक छलफलको सबैभन्दा महत्वपूर्ण एजेण्डा कोसी बाँध र सुपुर्दगी सन्धीको विषय बन्न सक्ने परराष्ट्र स्रोतले जनाएको छ ।
२५ अप्रिल १९५४ मा कोसी सम्झौता भएको थियो । त्यसपछि सन् १९५८ देखि निर्माण सुरु भएको कोशी बाँधको काम १९६२ मा पुरा भएको थियो ।

कोशी बाँधको आयु समाप्त भैसकेको छ । बाँध जिर्ण भएको छ । नेपालको पूर्वपश्चिम राजमार्ग समेत यसैबाँधबाट जोडिन्छ ।

कोशी बाँध भत्कियो भने भारतको विहारको ठूलो भूभाग डुवानमा पर्छ । अहिलेपनि नदीमा बाढी आउँदा विहारमा डुवान हुन्छ । त्यसैकारण भारतले यो बाँधको विकल्पमा कोसी उच्च बाँध बनाउन नेपाललाई धेरै वर्षदेखि दबाब दिँदै आएको छ । तर, उच्च बाँधबारे नेपालभित्रै अहिलेसम्म सहमति बनेको छैन् । कोसी उच्च बाँध बन्न नसक्ने अवस्थामा फेरि यही बाँधको पुनर्निर्माण भारतका लागि अनिवार्य बनेको छ ।
त्यसैले भारतले यतिबेला नेपालमाथि कोसी बाँधको पुनर्निर्माणका लागि नेपाललाई दबाब दिइरहेको छ । नेपाल भ्रमण गर्ने सबै भारतीय अधिकारीहरुको मुख्य चासो कोसी बाँध नै बनेको छ ।

भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यो बाँधबारे पुनः सम्झौता गर्न पहल गरिरहेको छ । प्रधानमन्त्री ओलीबाहेक यो सम्झौतामा हस्ताक्षर गर्नसक्ने नेपालमा अर्को कोही नेता नभएको भारतको निस्कर्ष रहेको स्रोतले बताएको छ ।

यदि नेपालले कोशी बाँधबारे सम्झौता गरे भारतले नेपाललाई बंगलादेशसँग जोडिने सहज व्यापार मार्ग उपलब्ध गराउने प्रतिवद्धता जनाउने छ । बंगलादेशसँग नेपालको छुट्टै विद्युत प्रसारण लाइन समेत निर्माण गर्न जमिन उपलब्ध गराउने भारतले वाचा गरेको स्रोतले बताएको छ ।

यसैगरी सुपुर्दगी सन्धीमा हस्ताक्षर गर्न समेत भारतले नेपालमाथि निरन्तर दबाब दिइरहेको छ । केही महिना अघि सन्धीको संशोधित ड्राफ्ट नेपाललाई दिएको भारतले यसै वर्षको अन्तसम्ममा सुपुर्दगी सन्धीमा हस्ताक्षर गर्न निरन्तर अनुरोध गरिरहेको छ । तेस्रो मुलुकका व्यक्तिलाई समेत सुपुर्दगी गर्नुपर्ने भारतीय प्रस्तावमाथि नेपालले अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

भारतीय विदेश सचिवको भ्रमणका क्रममा कोरोना भाइरसको खोपबारे पनि छलफल हुनेछ । भारतले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता यसअघि पनि जनाइसकेको छ । तर, सो खोपको तेस्रो चरणको ट्रायलका लागि भारतले नेपाललाई अनुरोध गर्नसक्ने स्रोतको दाबी छ ।

नेपालले सम्बन्ध सुधारका लागि हरियो बत्ति बालेपछि नोभेम्बर ४ तारिकमा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र त्यसअघि भारतीय गुप्तचर संस्था रअका प्रमुखसामन्त गोयलको नेपाल भ्रमण भैसकेको छ ।


प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार ०६:३०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech