लोकसेवा आयोगद्धारा निजामती सेवातर्फ ३ सय पदका लागि आवेदन माग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कात्तिक २६, काठमाण्डौ
लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ ।

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको यही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो ।


प्रकाशित : २०७७ कार्तिक २६, बुधबार ०३:१५