लकडाउनमा बुद्ध सामुदायिक वनद्धारा ८० परिवारलाई राहत वितरण

[sharethis-inline-buttons]

लुदअ अर्घाखाँची, चैत्र १९
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ बढेनी स्थित बुद्ध सामुदायिक वन उपभोक्ता समूहले कोरोना भाईरसका कारण घोषणा गरिएको लकडाउनको विषम परिस्थतीलाई मध्यनजर गर्दै आफ्ना उपभोक्तालाई राहत प्रदान गरेको छ ।

आधिकाशं उपभोक्ताहरु ज्याला मजदुरी गरी गुजारा चलाउँदै आउने अति विपन्न घर परिवार रहेकाले ८० घरपरिवारलाई चामल, दाल, नुन, तेल र सावुन गरी दश दिनलाई पुग्ने सामग्री वितरण गरेको छ ।
लकडाउनका कारण कोही पनि भोकभोकै पर्न नदिन वनले खाद्यन्न वितरण गरेको समूहका अध्यक्ष दिलमाया पुनले बताईन् । वन समितिले आफ्ना उपभोक्तालाई राहत स्वरुप ४५ किलो चामल, २ किलो दाल, १ किलो नुन र २ पिसका दरले हात धुने साबुन वितरण गरेको हो ।
राहत वितरण गर्दै वनका अध्यक्ष दिलमाया पुनले यो अप्ठ्यारो अवस्थामा कोहि पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले उपभोक्ताहरुलाई राहत प्रदान गरिएको बताईन् ।
त्यस्तै वडाअध्यक्ष दामोदर न्यौपानेले सामुदायिक वनको यो कार्य निकै प्रशंसनिय रहेको बताए ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष दामोदर न्यौपाने, वनका पदाधिकारी, वाणगंगा सव डिभिजनका फरेस्टर धर्मेन्द्र दिक्त, सितगंगा १४ का कार्यलय सहायक लेखनाथ पोख्रेल, समाजसेवी धन बहादुर पुन, थमन रास्कोटी, थमन ताम्राकार लगायत वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७६ चैत्र १९, बुधबार १०:४७