बाणगंगाको सिद्धिपुरमा द दिलाइट क्याफे एण्ड रेष्टुरेष्टको शुभारम्भ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, जितपुर ।

बाणगंगा नगरपालिका वार्ड ४ सिद्धिपुरमा ग्राहकहरुको माग र सुविधालाई मध्यनगर गर्दे आज देखी सुबिधा सम्पन्न द दिलाइट क्याफे एण्ड रेष्टुरेष्टको शुभारम्भ भएको छ । युवाहरु रोजगारीका लागी बिदेश भौतारी रहेका बेला आफु भित्रको श्रम र सीपलाई परिश्रमको मोती मानेर स्वदेशमा नै व्यवसाय संचालन गरी जिविकोपार्जन गर्न थालिएको संचालक बिरेन्द्र रेग्मीले बताए ।

युवा तथा सामाजिक अभियान्ता समेत रहेका रेग्मी सानै उमेर देखी लगनशिल र परिश्रमी रहेका कारण जुनसुकै काममा पनी पुर्ण बिश्वास र नियमपुर्वक अभ्यास गर्न सके सफल भइने कुरामा बिश्वस्त रहेका छन् । अग्रज तथा साथीभाईको राय सल्लाह अनुसार आफु यो व्यवसायमा लागेको हुनाले यसमा सबैको साथ पाउनेमा उनी आशाबादी रहेका छन् । अहिले धेरै युवाहरु कृषि, पशुपालन र व्यवसायमा आकर्षित भइ स्वदेशमा नै आयआर्जनमा संलग्न भैरहेको बेला उनी पनी यो व्यवसायमा लागैका छन् ।

कात्तिक २६ देखी २८ गते सम्म १० प्रतिशत छुट सहित ग्रयाण्ड उद्घाटन रहेको सो रेष्टुरेन्टमा चिकन तथा मटनका सम्पुर्ण आइटम पाइनुका साथै भेज तथा ननभेज आइटम, अर्डर अनुसार खाना, नास्ताको व्यवस्था रहेको संचालक रेग्मीले बताएका छन् ।


प्रकाशित : २०७७ कार्तिक २६, बुधबार १५:५२