रमेश दुलाल (कागे) द्धारा १७ औँ काग सम्मेलन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ,काठमाडौं । आज काग तिहारको दिन कागको आवाज निकालेर १७ औं पटक काग सम्मेलन गरिएको छ । सदाका बर्ष झै यस बर्ष पनी कागको आवाज निकालेर कागको सम्मेलन गर्दै आएका रमेश दुलालले यसपटक भने इलाममा काग सम्मेलन गरेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद सेढाई, जिल्ला प्रहरी प्रमुख नबिन राई, समाजसेवी युवा नेता नेता डम्बर खड्का, सन्दकपुर गाउँपालिका लेखा अधिकृत युवराज नेपाल लगायतको उपस्थितिमा सो काग सम्मेलन भएको हो । विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने बिलक्षण प्रतिभा भएका दुलाल राष्टिय संगितक कर्मीको केन्द्रिय उपाध्यक्ष समेत रहेका छन् । उनको आवाज सुनेर कागहरु वरिपरि उड्दा कार्यक्रमको स्थल नजिक कागहरु एकत्रित हुने हाँस्य कलाकार दुलालले बताए ।

कार्यक्रमको मुख्य प्रायोजन सक्षम निर्माण कम्पनि प्रा. लि.ले गरेको छ। भने सह प्रायोजन पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिका,पर्यटकीय क्षेत्र माई जोगमाई गाउँपालिकाले ले गरेको छ। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइएको हो। यमराजको दूतका रूपमा कागलाई मीठा– मीठा चिजबिज खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाईएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु भएको छ । आजदेखि भाइटीका सम्म नेपालीले दशैँ पछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् ।


प्रकाशित : २०७७ कार्तिक २८, शुक्रबार १२:५२