ओलीविरुद्ध आरोपसहितको प्रचण्डको प्रस्तावले एकता गम्भीर मोडमाः मुख्यमन्त्री पोखरेल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कात्तिक २९, काठमाण्डौ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत भएको एकल प्रस्ताव फिर्ता गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।

हिजोको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोपसहित प्रस्ताव पेस गर्नुभएको भन्दै उहाँले त्यो प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने बताउनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले तत्काल एकल प्रस्ताव फिर्ता गरेर एकताको मर्मअनुसार छलफललाई अघि बढाउन आग्रह गर्नुभएको छ ।


प्रकाशित : २०७७ कार्तिक २९, शनिबार ०४:३६