पछिल्लो २४ घण्टामा १ हजार ४४२ जना कोरोनाका सङ्क्रमित थपिए, ३ हजार ५३८ जना निको

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर ३, काठमाण्डौ
नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार नौ सय १७ पुगेको छ । बुधबार थप एक हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

६ हजार सात सय ३१ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ४२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।

अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७७ मंसिर ३, बुधबार १३:३२