हिउँदमा भारतबाट २५० मेगावाटसम्म बिजुली ल्याउन स्वीकृति

[sharethis-inline-buttons]

लुदअ मंसिर ७, काठमाण्डौ
यस वर्षको हिउँदमा दैनिक दुई सय ५० मेगावाटसम्म बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ । प्राधिकरणका अनुसार यसपालिको जाडोयामका लागि दुई सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले आइतबार मात्रै स्वीकृति दिएको हो ।

दुई सय ५० मेगावाटमध्ये केही ८० देखि एक सय ५० मेगावाट २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । ‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो’, प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफ्नै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भइरहेको बताइएको छ ।

गएको हप्ता मात्रै ढल्केवर–मुजफ्फरपुर लाइन ४०० केभीमा चार्ज भइ भारतबाट ४०० केभीमा पहिलो पटक बिजुली प्रवाह भएको छ । यसबाट बिजुली प्रवाहको लागि राजमार्ग तयार भएको छ ।


प्रकाशित : २०७७ मंसिर ७, आईतवार १२:४६