काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिए

[sharethis-inline-buttons]

लुदअ ७ मंसिर, काठमाडौं
काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् ।

काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए ।

काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।


प्रकाशित : २०७७ मंसिर ७, आईतवार १३:१६