सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा आइएमई सम्मानित

[sharethis-inline-buttons]

लुदअ मंसिर ९, काठमाण्डौ
आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो ।

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा बिस वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय दिने गरिन्छ । आइएमईलाई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्थाको रुपमा लिइन्छ ।


प्रकाशित : २०७७ मंसिर ९, मंगलवार ०१:२५