
लुदस
२४ दिन अघिदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिका– ६ तिलौरीका १३ बर्षिया बाल पथ प्रर्दशक राहुल साहानी भेटिएका छन । घरयासी सामान्य विवादमा गत कार्तिक १७ गते भारतको नासिक भन्ने स्थानमा भागेर गएको उनले बताएका छन् । मुम्बई बस्ने कपिलबस्तु स्थित बुद्धभुमि नगरपालिका ८ चरिगवा वर्ष १९ का राकेश निषादले विभिन्न समाचार माध्यममा राहुल हराएका समाचार हेरे पछि उनले राहुलको खोजी गरेका थिए । राकेश र राहुल मुम्बई जाने एउटै ट्रेनको बोगीमा बसेर गएकाले राहुल नासीक उर्लिएको उनले देखेका थिए । फेसबुकमा भाइरल भएको समाचार हेर्ने बित्तिकै उनको खोजविन गरि पत्ता लगाएर उनलाई बुधबार शोरहतगढ सम्म उनले पुयाएको बताए ।
त्यहाबाट बुधवार बिहान उनलाई प्रहरी कार्यालय ल्याइएको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले राहुल मर्यादपुर क्षेत्रमा भेटिएको र परिवारको जिम्मा लगाइएको हो ।
विदेशका प्राय धेरै भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ बर्षीय उनको यो
विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।
राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको अढाई बर्ष भएको थियो । उनी १ सय भन्दा बढी पत्रकार लगायत बिभिन्न उच्च अधिकारीलाई समेत गाईड गरि सकेका छन ।

