रुकुम पश्चिममा जन्ती सवार जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

ByLumbini Darpan Online

१३ मंसिर २०७७, शनिबार ०१:५० १३ मंसिर २०७७, शनिबार ०१:५० १३ मंसिर २०७७, शनिबार ०१:५०

लुदअ मंसिर १२, रुकुम पश्चिम
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका ८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा वडा नं। ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । नेपालीको शरीरका विभिन्न अङ्गमा चोट उहाँले बताउनुभयो । उहाँलाई उपचारको लागि आठबीसकोट नगर अस्पताल लगिएको छ ।

आठबीसकोट नगरपालिका वडा नं। ८ को दाजेबाट १०र१२ जना जन्ती बोकेर वडा नं। १० को घारीखोला फर्किरहेको रा।१ ज ५८९ नम्बरको जीप दाजेमा दुर्घटना भएको हो ।

जीप चालक वडा नं। ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *