भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका प्रेम केसीको कश्मीर हमलामा मृत्यु

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, मंसिर १३
भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी एक युवाको आतंकारी हमलामा परि मृत्यु भएको छ । भारतको जम्मु कश्मीरमा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ बेलुवा निवसी ३० बर्षीय प्रेम केसीको शुक्रवार विहान आतंकारी हमला परि मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएकोे दाजु तुलसी केसीले बताए । दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरी प्रेमलाई गोली लागेको भन्ने खवर दिएको थियो ।

लगतै उनका साथीहरुलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका तुलसीले बताए । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन् ।

प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्षका छोरा रहेको तुलसीले जानकारी दिए ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार ०२:०३