जमसेद अलि महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा कपिलवस्तुका जमसेद अलि मिया निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा मियाले प्रदेश तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशमा एक जनाका लागि ३ जनाको उम्मेद्वारी परेको थियो । जमसेद अटल सिमेन्टका अध्यक्ष समेत हुन् । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका मियाले एक मतको अन्तरले चुनाव जितेको बताइएको छ । अरु उम्मेद्वारको मतगणना जारी छ । लामो समयदेखि कपिलवस्तुमा उद्योग ब्यवसायको क्षेत्रमा अनुभव सगाल्दै आएका जमसेद सबैका प्रिय पात्र मानिन्छन् ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार १५:४७