नृसिंह नृत्य मञ्चनः लामो नाच दुई दिनमै सम्पन्न

[sharethis-inline-buttons]

लुदअ मंसिर १४, ललितपुर
हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गएकोको नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको ‘कार्तिक नृत्य’ सम्पन्न गरिएको छ ।

गएको वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त नाच यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार र शनिबार दुई दिन मात्र प्रदर्शन गरियो । विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको बध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन् ।

त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको समितिका सचिव विजय तण्डुकारले बताउनुभयो । यसैगरी शुक्रबार कात्तिक शुक्लपक्ष द्वादशीमा वराह नृत्य प्रदर्शन गरिएको थियो । नाच संरक्षणका लागि यस वर्षदेखि अक्षयकोष स्थापना गरिने भएको छ । आज पनि नृत्यकला हेर्न इच्छुक व्यक्तिले विद्युतीय प्रत्यक्ष प्रसारणको सहायता लिए ।

त्यस नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ त्यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ ।


प्रकाशित : २०७७ मंसिर १४, आईतवार ०१:५४