
लुदअ रोल्पा, मंसिर १४
रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो ।
पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको रोल्पाका प्रहरी प्रमुख उपरीक्षक नरेश सुवेदीले बताए ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतकहरु भिरबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ । माछा मार्न खोलामा गएका स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

