
लुदस, कपिलवस्तु
कपिलवस्तुका स्थानीय तहहरुमा अस्पतालको शिलान्यास गरिएको छ। संघीय सरकारले अस्पताल स्थापनाका लागि स्थानीय तहमा रकम पठाएपछि देशभर सोमबार ३९६ ठाउँमा अस्पताल शिलान्यास गरिएका हुन् ।
कपिलवस्तुका स्थानीय तहमा १५ र १० शैय्याका अस्पताल शिलान्यास गरिएका स्वास्थ्य कार्यालयले जानकारी दिए । शुद्धोधन र मायादेवि गाउँपालिकामा १०/ १० शैयाको अस्पतालको शिलन्यास गरिएको छ ।
संघीय सरकारले १५ शैयाको अस्पातलका लागि १ करोड र १० शैय्याको अस्पातलको लागि ८५ लाखका दरले बजेट पठाएको हो । पालिकास्तरमा अस्पातल भवन बन्ने भएपछि स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने शुद्धोधन गाउँ पालिकाका अध्यक्ष निसार अहम्मद खाँ ले बताए ।
उनले गाउँपालिकाको थप लगानीमा १५ शैयाकै अस्पताल समयमै बनाउने समेत जानकारी दिए । शुद्धोधन गाउँपालिका पुर्व सड्क छेउमा रहेको पोखरीमा अस्पतालको शिलन्यास गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष खाँ ले गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुच पुर्याउनका गाउँपालिकाले पहल गरिरहेको बताए । संघीय सरकारको सहयोगमा निर्माण हुने अस्पातललाई समयमै सम्पन्न गरेर सेवा सुचारु गर्ने उनले बताए ।

